शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन : पाण्डे
समयपोष्ट
२०८१ कार्तिक ४ गते ११:४१

शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दिप प्रकाश पाण्डेले निरन्तरता पाएका छन्।
कत्तिक १ गते बसेको संचालक समितिको ३४०औं बैठकले पाण्डेलाई थप चार वर्षको लागि निरन्तरता दिने निर्णय गरेको हो।
पाण्डे २०७३ साल कार्तिक १० गते चार वर्षका लागि सिईओ पदमा नियुक्त भएका थिए।
२०७५ सालमा मात्रै संस्थागत सुशासन जारी सम्बन्धि निर्देशिका जारी भएकाले दोस्रो कार्यकालको लागि योग्य भएको बीमा प्राधिकरणले जनाएको छ। बीमा समितिले २०७५ सालमा जारी गरेको संस्थागत सुशासनमा सिईओका कार्यकाल एक मात्रै हुने र सञ्चालक समितिलाई कार्य सम्पादन मूल्याङ्कन राम्रो लागेमा एक कार्यकाल थप गर्न सक्ने व्यवस्था गरेको छ।



























प्रतिक्रिया