मंगलबार, ६ साउन २०८२

३७ अंक बढ्यो नेप्से परिसूचक, ७ अर्बको कारोवार

समयपोष्ट २०८१ असोज २१ गते १५:३१

नेप्से परिसूचक ३७.१३ अंक बढेर २६९०.७२ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ७.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक बढेको छ। ३०५ स्टकको ७३ हजार ११९ पटकको कारोबारमा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। दुई उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ। दोल्ती पावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ।एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य करिब ९ प्रतिशत बढेको छ। इष्टर्न हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ९९ रुपैयाँ ७० पैसा घटेर ८९७ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। कुमारी सबल योजनाको इकाईमूल्य करिब साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा चन्द्रागिरी हिल्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड २३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।हिमालयन रि इन्स्योरेन्सको करिब २४ करोडको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री