मंगलबार, ६ साउन २०८२

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

समयपोष्ट २०८१ असोज १५ गते २१:२५

मर्चेन्ट बैंकर्सको छाता संस्था नेपाल मर्चेन्ट बैंकर्स संघ (एनएमबीए)को नयाँ कार्यसमिति चयन भएको छ ।

मंगलबार संघको साधारण सभासँगै भएको महाधिवेशनले एनआईसी एसिया क्यापिटलका सीईओ समेत रहेका रामेन्द्र रायामाझीको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङका मनिष नारायण जोशी, महासचिवमा गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई, कोषाध्यक्षमा एनआईएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिभान्त राज पाण्डे निर्वाचित भएका छन् ।

त्यस्तै, निर्वाचित कार्यसमिति सदस्यमा सिद्दार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्की, कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र नेपाल एसबिआई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री