बुधबार, ९ जेठ २०८१

सान्जेन जलविद्युतको आइपीओमा १.५५ गुणा बढी आवेदन

समयपोष्ट २०७९ असोज ३१ गते ११:५५

Advertisement

सान्जेन जलविद्युत कम्पनीको साधारण सेयरमा मागभन्दा १.५५ गुणा बढी आवेदन परेको छ ।

सीडीएसका अनुसार कम्पनीको साधारण सेयरमा २८ हजार ८५७ जना आवेदकबाट ५६ करोड ६२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सान्जेनले भदौ ५ गते देखि एक सय रुपैयाँ अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका–४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्ने ब्यवस्था पनि थियो ।

Advertisement

आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री