शुक्रबार, ७ असार २०८१

नेपाल एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता : नेपाल पराजित

समयपोष्ट २०८१ जेठ ८ गते २०:५२

Advertisement

नेपाल एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा आज पराजित भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको खेलमा नेपाल छात्रमा पाकिस्तान र छात्रामा भारतसँग पराजित भएको हो । प्रतियोगिताको पहिलो दिन नेपालको छात्रमा टिम श्रील¬ङ्कासँग ३–० तथा छात्रामा टिम बङ्गलादेशसँग २–० ले पछि परेको थियो ।

नेपाल टेनिस सङ्घको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको छात्रामा पाकिस्तानले नेपाललाई ३–० ले पराजित गरयो । सिङ्गल्समा रसिद अलीले नेपालका विश्वविशेष डल्लाकोटीलाई ६–३ र ६–० तथा मुहम्मद सायनले नेपालका निश्चल ज्ञवालीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे ।

डबल्समा सायन र जुनैद खान मुहम्मदको जोडीले नेपालका विश्व र साहनवाज आलमको जोडीलाई सीधा सेटमा ६–१ र ६–० ले पाखा लगाए । छात्रामै भारतले माल्दिभ्स तथा श्रीलङ्काले भुटानलाई समान ३–० को नतिजामा पन्छाए ।

दोहोरो जित निकाल्ने क्रममा छात्रामा भारतले नेपालमाथि ३–० को जित दर्ता गरयो । सिङ्गल्समा श्रृष्टि किरणले नेपालकी आयुशा जिसीलाई ६–० र ६–० तथा खुसी कडियनले नेपालकी अनुश्री धोजुलाई ६–२ र ६–० को सोझो सेटमा पन्छाए ।

Advertisement

डबल्समा सरेना घलोट र श्रृष्टि किरणको जोडीले नेपालका अनुश्री धोजु र सारा पन्तको जोडीलाई ६–१ र ६–० ले पराजित गरे । अर्को खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० ले निराश पार्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री