शनिबार, १५ वैशाख २०८१

सात वर्षका लागि नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि नवीकरण

समयपोष्ट २०७३ कार्तिक १२ गते ३:२८

सात वर्षका लागि नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि नवीकरण भएको छ । दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले विसं २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबार मात्रै समाप्त भएको थियो । सन्धिको धारा १२ को उपधारा ख अनुसार स्वतः सात वर्षका लागि  नवीकरण भएको छ  ।

Advertisement

सन्धिमा भएको प्रावधानले दुवै मुलुकका उत्पादनलाई एकार्काका बजारमा सहज पहुँचको व्यवस्था गरेको छ । सन्धिको शून्य भन्सारको छुट व्यवस्थाले अतिकम विकसित मुलुक नेपालमा वैदेशिक लगानी सुनिश्चित गरेको छ । सन्धिका प्रावधानले नेपालको औद्योगिक विकासको आधारशिला स्थापना गर्नाका साथै द्विपक्षीय व्यापार सहजीकरणका लागि प्राविधिक सहयोगको सुविधा समेत प्रदान गरेको छ ।उत्पादित वस्तुको निर्यातमा कुनै कठिनाइ उत्पन्न भएमा सन्धिले दुवै मुलुकको आपसी सहमतिमा समाधान गर्ने प्रावधानको व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री