शनिबार, १ कार्तिक २०८२

टी–२० विश्वकप छनोटः आज नेपाल र सामोआबीच खेल हुँदै

समयपोष्ट २०८२ असोज ३१ गते ८:४७

Advertisement

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट प्रतियोगिताको अन्तिम खेल आज नेपाल र सामोआबीच हुँदैछ।

नेपाली समय अनुसार सो खेल साँझ सवा चार बजे शुरु हुनेछ।

नेपालले आफ्नो अविजित यात्रा जारी राख्न र ट्रफीका लागि खेल्दैछ भने सामोआ सुपरसिक्समा आफ्नो पहिलो जितको लागि खेल्नेछ।

दुई खेल खेल्न बाँकी हुँदा नै विश्वकपमा छनोट भइसकेको नेपाल ८ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ।

Advertisement

सामोआले भने अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री