बुधबार, २६ वैशाख २०८१

नबिल बैंकले ल्यायो सन्देशमुलक दशैं भिडियो

समयपोष्ट २०७८ असोज २४ गते २०:०७

Advertisement

नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि “नयाँ लुगा” नामक दशैंको भिडियो सार्वजनिक गरेको छ ।

यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैँ मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित छ । यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो ।

भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन । घरबाट छोरीको फोन आउँछ, दशैंमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैं किनमेल गरेर गाउँ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्छ तर परिवारको माया अनि खुशीको लागि उनी रात भरी हिंडेर गाउँ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।

Advertisement

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवारसंग भेटी सुरक्षित साथ खुशी साटासाट गरौँ भन्ने सन्देश सरल ढंगले दिएको छ । जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री