शुक्रबार, १४ वैशाख २०८१

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समयपोष्ट २०७८ असोज २४ गते १९:५१

Advertisement

महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको छ ।

बैंकको कलैया शाखाले शनिबार रक्तदानरक्तदान कार्यक्रम गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्राङगणमा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, प्रशासकिय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार साह, राजदेवी साङगितिक समूहका सल्लाहकार तथा पदाधिकारी, बैंकका कर्मचारीहरु र स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो ।

देशभर १०३ वटा शाखाहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री