शनिबार, ८ कार्तिक २०८२

जेन-जी युवाहरुको आक्रोशः घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन-जीमाथि नै दमन गर्यो

समयपोष्ट २०८२ कार्तिक ८ गते १७:४४

Advertisement

शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् ।

जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । आफूहरुमो माग पूरा नभएसम्म आन्दोलन भने निरन्तर अगाडि बढिरहने उनको चेनावनी छ ।

‘हामी जेन–जीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी । सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो । हाम्रो मागहरु छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो,’– उनले भने ।

त्यस्तै, अर्का वक्ता मन्जना राईले जेन–जीले बनाएको सरकारले जेन–जीलाई नै टुक्रा–टुक्रा बनाउन चाहेको टिप्पणी गरिन् । ‘हाम्रै आँखा अगाडि हाम्रा साथीहरुलाई लछारपछार गरेर लगिएको छ । जेन–जीले बनाएको सरकार छ । जेन–जीलाई नै टुक्रा–टुक्रा बनाउनको लागि बनाइएको सरकार हो त्यो ?’ प्रश्न गर्दै उनले भनिन् ।

Advertisement

त्यस्तै, अर्का वक्ताले जेन–जीहरुको रगतको आहालमा बसेर वर्तमान सरकारले उनीहरुमाथि नै अन्याय गरिराखेको बताए । उनले आज प्रदर्शनकारीहरुलाई प्रहरीले लछारपछार गरेको भन्दै आफूहरुको घोर आपत्ति रहेको बताए । प्रदर्शनको क्रममा पु्रुष प्रहरीले महिला प्रदर्शनकारीमाथि अभद्र व्यबहार गरेको उनको आरोप छ । ‘जेन–जीले बनाएको सरकार छ । रगतको आहालमा बसेर यो सरकारले हामीलाई धरपकड गरिरहेको छ । पुरुष प्रहरीले महिलालाई अभद्र व्यबहार गरेर भेनमा हालेर लगेको छ । यसमा हाम्रो घोर विरोध छ ।’

आफूहरुले भोलि पनिशान्तिपूर्ण कार्यक्रम गर्ने र यदि धरपकड भएमा पर्सी देशैभरी नै रणनीति बनाएर अगाडि बढ्ने उनले बताए ।

जेन–जी आन्दोलनका घाइते भुपेन्द्र खड्काले सरकारले जेन–जीहरुको शान्तिपूर्ण कार्यक्रम र आवाजलाई दवाउन खोजेको बताए । घाइते र सहिदहरुको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गरिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री