बुधबार, १२ वैशाख २०८१

नयाँ सवारी साधन खरिदको माग आएपछि अर्थमन्त्रीले मगाए सरकारी गाडीको लिष्ट

समयपोष्ट २०७८ असोज १९ गते १५:१०

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले सरकारी गाडीको सूची मगाएका छन् ।

मन्त्रालयमा नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आएपछि अर्थमन्त्री शर्माले सरकारसंग रहेको गाडीको सुची मगाएका हुन् ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा अर्थमन्त्री शर्माले भने, ‘सरकारी सम्पत्ति कति छ थाहा छैन । गाडी किन्ने माग आइरहन्छन् अर्थ मन्त्रालयमा । पहिला मैले भएका सरकारी गाडीको सूची मागेको छु । कति छन् नेपाल सरकारका गाडी चाहियो नि त । कतिवटा छन् अहिले ?’सबै मन्त्रालय, संवैधानिक निकाय र विभागहरूबाट सवारी साधनको सूची माग गरिएको बताइएको छ । हाल सरकारसँग कति सवारी साधन छन् र कता कसले गुडाइरहेका छन् भन्ने तथ्यांक नरहेको मन्त्री शर्माले बताए ।

‘कतिवटा गाडी चाहियो ? रेकर्ड चाहियो नि त ? रेकर्ड भेटिँदैन । गाडी किन्दै जाने तर कहाँ चलाइरहेको छ, थाहा नहुने । त्यो सूची चाहियो,’ मन्त्री शर्माले थपे, ‘गाडी रहेछन् झिकेर दिउँला किन किन्नपर्‍यो ? नभए आवश्यक परे किनौँला ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री