बिहीबार, १३ वैशाख २०८१

ज्योति लाइफले ६६ करोडको आईपीओ निष्कासन गर्ने

समयपोष्ट २०७७ कार्तिक ४ गते १३:००

Advertisement

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २६ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासनको प्रक्रिया अघि बढ्ने छ । सभामा आईपीओ निष्कासनको प्रस्ताव पेस हुने ज्योतिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खत्रीले जानकारी दिए ।

हाल कम्पनीले संस्थापक सेयरधनीहरुबाट १ अर्ब ५४ करोड जम्मा भएको छ। आईपीओ निष्कासपछि चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । नियामक बिमा समितिले जीवन बिमा व्यवसाय गर्ने कम्पनीको न्यूनतम् पुँजी २ अर्ब रुपैयाँ तोकेको छ ।

सभाले आर्थिक वर्ष २०७५/०७६ का वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरु समेत छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमाजिम संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री