बिहीबार, १५ चैत २०८०

युनाईटेड इन्स्योरेन्सको बीमाशुल्कमा ४४ % को वृद्धि

समयपोष्ट २०७७ कार्तिक ४ गते १०:४२

Advertisement

युनाईटेड इन्स्योरेन्सले बीमाशुल्क आर्जनमा ४४ % को वृद्धि गरेको छ ।

इन्स्योरेन्सले २६ करोड ७४ लाख बीमाशुल्क आर्जन गरेको हो ।

इन्स्योरेन्सले अधिल्लो आ.व. को प्रथम त्रैमासिक अवधिमा १८ करोड ५३ लाख बीमाशुल्क आर्जन गरेको थियो ।

कोभिड माहामारीको बिषम परिस्थितिमा समेत इन्स्योरेन्सले बीमा शुल्क बृद्धि गर्न सफल भएको हो ।

वर्तमान समयमा ग्राहक सेवा, दाबी भुक्तानी प्रकृयाका साथै ग्राहकमुखी बजार क्रियाकलापमा व्यापक सुधार गरी लोकप्रियता हासिल गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि सरल, सहज र सुपथ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री