शुक्रबार, १४ वैशाख २०८१

सिटी एक्सप्रेस फाइनान्स इन्भेस्टमेन्ट बैंकमा मर्ज

समयपोष्ट २०७७ असोज २८ गते १४:२४

Advertisement

सिटी एक्सप्रेस फाइनान्स कम्पनी र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड मर्ज हुने भएको छ ।

सोही प्रयोजनका लागि बुधबार बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको साधारणसभा सिटी एक्सप्रेसलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिटी एक्सप्रेसलाई १००ः३० अर्थात् सो कम्पनीको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर दिने शेयर स्वाप अनुपातमा फाइनान्सलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

४० करोड चुक्ता पूँजी रहेको सिटी एक्सप्रेसलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी रु १४.३७ अर्ब हुनेछ र प्रवद्र्धकहरुको शेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु शेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री