
सन्राइज बैंकले कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नबिनतम् सेवाहरु सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना प्रस्तुत गरेको छ ।
योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम रु.५०० सम्म तत्काल छुट पाउने व्यवस्था गरिएको छ ।
सन्राइज बैंकले आफ्नो १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा असोज २५ देखि कार्तिक ११ गते सम्मको लागि यो योजना ल्याएको हो ।









प्रतिक्रिया