शुक्रबार, १४ वैशाख २०८१

शिखर इन्स्योरेन्सले कति घोषणा गर्यो लाभांश ?

समयपोष्ट २०७४ कार्तिक १४ गते ६:१३

शिखर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

इन्स्योरेन्सले अघिल्लो बर्ष ६० प्रतिशत बोनस वितरण गरेको थियो । हाल शिखर इन्स्योरेन्सको चुक्ता पूँजी ८१ करोड ७६ लाख ६८ हजार ३०० रुपैयाँ रहेको छ । २९ प्रतिशत अर्थात २३ करोड ७१ लाख २३ हजार ८०७ रुपैयाँ बराबरको प्रस्तावित बोनस बितरण पश्चात कम्पनीको पूँजी एक अर्ब पाँच करोड ४७ लाख ९२ हजार १०७ रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री