मंगलबार, ११ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७४ कार्तिक १२ गते १२:०१

मुक्तिनाथ विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले केही समयअघि जारी गरेको ४० प्रतिशत हकप्रदले समेत पाउने गरि २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

Advertisement

प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।हाल बैंकको चुक्ता पूँजी दुई अर्ब १५ करोड ९८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेभन्दा बढी दुई अर्ब ५९ करोड नाध्नेछ । गत आवमा बैंकले ४९ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसार निष्कृय कर्जा अनुपात शून्य दशमलव ०२ प्रतिशत रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री