शुक्रबार, १४ वैशाख २०८१

छोरा नभएपछि शिशुको अपहरण, बच्चा ५ लाखमा खरिद

समयपोष्ट २०७४ असोज २९ गते २:०२

धनुषाबाट अपहरित ७ महिने शिशुलाई प्रहरीले १६ दिनपछि सिराहको लक्ष्मीपुर गाउँबाट मुक्त  गरेको छ ।  सिरहा र धनुषाको संयुक्त प्रहरी टोलीले लक्ष्मीपुर ४ का विषेश्वर साहको घरबाट बच्चालाई अपहरणमुक्त गरेको हो ।

Advertisement

 बिषेश्वरकी श्रीमती लीला साहलाई प्रहरीले पक्राउ गरेको छ ।  लीलाई आवश्यक कारबाहीका लागि धनुषा प्रहरीको जिम्मा लगाएको सिराहका प्रहरी प्रमुख एसपी शेखर कोईरालाले जानकारी दिए ।

उनका अनुसार अपहरणकारीबाट लीलाले बच्चा किनेको खुलेको छ । साह दम्पतीका चार छोरी छन् ।, छोरा नभएका कारण बच्चा ५ लाख रुपैयाँमा खरिद गरेको बयान लीलाले दिएकी छन् । अन्नपुर्ण पोष्ट बाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री