बिहीबार, १३ वैशाख २०८१

ढुकेर गोली प्रहार, बन्दुकको बिगबिगी

समयपोष्ट २०७४ असोज २४ गते ४:०८

सोमबार दिउँसो बा १ च ९४८ नम्बरको ल्यान्डक्रुजर चढेर निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केको मौत्र थिए । करिवब ३ सय मिटर अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्यो । 

Advertisement

गाडीको अगाडीको सिसामा प्वाल पर्यो । चालकले गाडीको गति कम गरेका मात्र के थिए, आन्दाजी ३०, ३५ बर्षका युवाले रिभलवरबाट गोली हानिहाले ।  गौचनको छाती र पेटमा तीन गोली लाग्यो र रगत बग्दाबग्दै उनी अचेत भए । एकैछिनमा मीनभवस्थित सिभिल अस्पताल पुर्याईयो । अस्पताल पुर्याउनेवितिकै डाक्टरले गौचनको मृत्यु भईसकेको घोषणा गरे । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री