शुक्रबार, १४ वैशाख २०८१

योङ्ग साइन्टिस्ट कन्फ्रेन्स: २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै साउथवेस्र्टन कलेजका विद्यार्थीले जिते गोल्ड मेडल

समयपोष्ट २०७६ कार्तिक ४ गते १६:३५

Advertisement

रुसमा सम्पन्न आठौँ एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्ड सहित तीन पदक जित्न सफल भएका छन् ।

रुसमा यही अक्टोबर १४ देखि १९ सम्म सम्पन्न कन्फ्रेन्समा २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकहरुले पदक जितेका हुन् ।

नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विधार्थीमध्ये साउथवेस्र्टन स्टेट कलेज बसुन्धराका विधार्थी स्वराज सागर प्रधानले गोल्ड मेडल जितेका छन् ।

प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।यस्तै अस्मिता स्कुलकी दिक्षा संजेल र काठमाण्डौं मोडेल कलेजका ऋषि कुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् ।

नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली विधार्थीले प्रस्तुती दिएका थिए ।

गत महिना नेपाल पोलिमर इन्ष्टिच्यूटको आयोजनामा भएको राष्ट्रियस्तराको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विद्यामा उत्कृष्ट भएका विधार्थीलाई उक्त सम्मेलनमा पठाईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री