मंगलबार, २५ वैशाख २०८१

उपनिर्वाचनको तयारी पूरा, निर्धक्क भएर भोट हाल्न आयोगको अपिल

समयपोष्ट २०८१ वैशाख १४ गते १७:२६

Advertisement

उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार (भोलि) इलाम– २ र बझाङ १ ‘क’ मा हुने उपनिर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, मतदानका दिन सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताए ।

Advertisement

प्रेस बि. बैशाख १४

प्रतिक्रिया

सम्बन्धित सामाग्री