सोमबार, ३० असार २०८२

शान्ता चौधरी ब्याचलरमा फेल

समयपोष्ट २०८१ वैशाख १४ गते ११:५९

Advertisement

पूर्व सांसद तथा नेकपा एमालेकी पोलिटब्यूरो सदस्य शान्ता चौधरी स्नातक तह प्रथम वर्षको परीक्षामा फेल भएकी छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू यस पटक असफल भएको जानकारी दिएकी हुन् ।

चौधरीका अनुसार उनलाई अंग्रेजी र आरडी (ग्रामीण विकास) विषयमा ब्याक लागेको छ ।

चौधरी लेख्छिन्, ‘बुढेसकालका पढाइ न पर्‍यो । केही छैन । लडेर फेरि उठ्ने छु । यसरी नै हिम्मत गरेर अगाडि बढ्नु हुन अनुरोध गरेँ मैले मसँग फेल हुने मेरा प्यारा साथीहरूलाई । बधाई तथा शुभकामना छ पास हुने मेरा सम्पूर्ण साथीहरूलाई ।’

Advertisement

चौधरी कोटेश्वरस्थित हिमालय कलेजमा आर्ट्स विषय लिएर स्नातक अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री