शनिबार, १५ वैशाख २०८१

सिटिजन म्युचुअल फण्ड–२ को कारोबार सोमबारबाट खुल्ने

समयपोष्ट २०७६ कार्तिक ३ गते २०:००

Advertisement

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ को इकाई कारोबार दोस्रो बजारमा खुल्ला हुने भएको छ।

कार्तिक ३ गते फण्डको ५ करोड ६० लाख इकाई नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा फण्डको इकाई खरीद बिक्री गर्न मिल्ने भएको हो।

सिटिजन्स म्युचुअल फण्ड–२ को जेठ ९ गतेदेखि असार ८ गतेसम्म कूल १० करोड इकाई बिक्रीमा आएकोमा सबै इकाई बिक्री हुन नसक्दा (५ करोड ६० लाख इकाई मात्र बिक्री भएपछि) फण्डको आकार घटेको हो।

कूल १ अर्ब रुपैयाँ बराबरको इकाईमध्ये बीज पूँजी बापत एक करोड ५० लाख इकाई कोष प्रर्वधक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको थियो। जसमा झण्डै ३० प्रतिशत इकाई बिक्री हुन सकेको थिएन। सर्वसाधारण बाट ४ करोड ७ लाख ४६ हजार ६५० इकाईका लागि मात्र आवेदन परेको थियो ।

सिटिजन्स म्युचुअल फन्डको पहिलो सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फन्ड–१ हाल दोस्रो बजारमा कारोबार भैरहेको छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री