सोमबार, ५ साउन २०८२

१२ औं वार्षिक उत्सवको अवसरमा सन्राइज बैंकले गर्यो प्रभातफेरी

समयपोष्ट २०७६ कार्तिक ३ गते ११:५५

सन्राइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

“समृद्घ नेपालको सहयात्रामा सन्राइज बैंक-हामी संग संगै” भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

सो प्रभातफेरी कार्यक्रम केन्द्रिय कार्यालय गैरीधाराबाट शुरु भइ नक्साल भगवती, कमलपोखरी, कमलाधि गणेश मन्दिर, रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुदैं पुनः गैरीधारामा आएर समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु दिपक नेपाल र शारदा शर्मा पुडासैनी, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायत काठ्माडौं भरिका शाखाहरुबाट करिब ५०० कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री