मुक्तिनाथ विकास बैंकले किन्यो भिवोर क्यापिटल
समयपोष्ट
२०७६ असोज ३० गते १२:०५
मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलको चुक्ता पूँजीमा ५८ प्रतिशत शेयर लगानी गरेको छ ।
बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजीबजार (मर्चेण्ट बैंकिङ्ग) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरेको हो।
यससंगै भिवोर क्यापिटलको नाम परिवर्तन गरेर मुक्तिनाथ क्यापिटल बनाइएको छ । समावेशी वित्तीय सेवाको अलावा कृषि र पूँजीबजार क्षेत्रमा पनि उत्कृष्ठ सेवा प्रदान गर्ने बैंकले लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ। क्यापिटलको पूँजी २० करोड रुपैयाँ छ ।
प्रतिक्रिया