जनता बैंकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
जनता बैंक नेपाल लिमिटेडलेबाट लमजुङको बेशीसहर नगरपालिका वडा नं. १, रामचोकबेशीमा अवस्थित बालविकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरिएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकको संचालक समिति अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरे ।
संविधान–सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न उक्त सहयोग महत्व पूर्ण रहने बिचार व्यक्त गरे । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ ।
बैंकले हाल देश भरीबाट १२३ शाखा, ४० शाखा रहित बैंकिङ, ७१ एटिएम, २ सिमित्त बैंकिङ्ग एकाई र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया