बिहीबार, १५ चैत २०८०

खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित

समयपोष्ट २०७५ भदौ २९ गते १०:२८

प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ ।

Advertisement

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले सोसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि मन्त्री खनालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा सांसदद्वय प्रेम सुवाल र विमला विकले भाग लिनुभयो । सांसदले उठाएका विषयमा जवाफ दिँदै मन्त्री खनालले खाद्य सम्प्रभुता प्रत्याभूत गर्न विधेयक सफल हुने विश्वास गर्नुभयो । विधेयकको दफा १ देखि १९ सम्म समितिले गरेको संशोधनलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरी अंग बनाउने प्रस्ताव पारित ग¥यो । यसैगरी विधेयकको दफा २ देखि ४६ सम्मका संशोधन पनि स्वीकृत गरी विधेयकको अंग बनाउने प्रस्ताव पारित भएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री