बुधबार, १२ वैशाख २०८१

एनआईसी एशिया बैंकले ल्यायो घर र सवारीमा ‘चमत्कारिक कर्जा योजना’

समयपोष्ट २०७५ भदौ २६ गते १२:३१

एनआईसी एशिया बैंकले ‘चमत्कारिक सवारी कर्जा’ र ‘चमत्कारिक घर जग्गा कर्जा’ गरी ऋणसम्वन्धि दुई वटा नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘एनआई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको हो ।

Advertisement

यस योजनामा नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने ग्राहकले लाभ लिन सक्ने बैंकले जानकारी दिएको छ । यो योजनाअन्र्तगत तुरुन्तै कर्जा स्वीकृति हुने बैंकले जनाएको छ ।

यस्तो कर्जाको भुक्तानी अवधि अधिकतम १५ बर्षसम्म हुने र सवारीको मुल्यअनुसार मासिक ११ हजार रुपैयाँबाट किस्ता रकम सुरु हुने जानकारी दिएको छ । बैंकले यो कर्जा अन्र्तगत आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सक्ने सुविधा समेत दिएको छ ।

बैंकले यसको मासिक ब्याजदर ०.९ प्रतिशत हुने तथा प्रशासनिक सेवा शुल्कमा विशेष छुट दिने जानकारी दिएको छ । त्यसैगरी बैंकले सार्वजनिक गरेको चमत्कारिक घर जग्गा कर्जामा .आफ्नो आम्दानीअनुसार मासिक किस्ता निर्धारणको सुविधा दिएको बैंकले जानकारी दिएको छ । बैंकले यसका लागि अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानीअवधि समेत दिएको छ ।

बैंकले यो कर्जामा पनि आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने सुविधा दिएको छ । बैंकले यसका लागि पनि मासिक ०.९ प्रतिशत व्याजदर तोको छ । बैंकले आधारदरमा भएको परिवर्तन अनुसार ब्याजदर परिमार्जन हुने सुविधा समेत दिएको छ । यो कर्जा सुविधा बैंकका देशभरका सबै २४४ वटा शाखाबाट प्राप्त गर्न सकिने समेत बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री