शुक्रबार, १४ वैशाख २०८१

किसान माइक्रोफाइनान्सले २९ प्रतिशत लाभांश दिने

समयपोष्ट २०७५ भदौ २६ गते ६:१०

किसान माइक्रोफाइनान्सले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको भदौ २५ गते आइतबार सम्पन्न १०३ औं बैठकले चुक्ता पूँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको २९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

Advertisement

अघिल्लाे बर्षकाे तुलनामा कम्पनीले चार प्रतिशत बाेनस बढाएकाे हाे । अघिल्लाे बर्ष कम्पनीले २५ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री