बिहीबार, १३ कार्तिक २०८२

घरजग्गा कारोबारको लाइसेन्सका लागि दरखास्त आह्वान

समयपोष्ट २०८२ कार्तिक १३ गते १०:२६

Advertisement

सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थालाई अनिवार्य इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था लागू गरेको छ।

यसैअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी लाइसेन्सका लागि दरखास्त आह्वान गरेको हो।

विभागका अनुसार असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुरूप महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र तोकिएको छ। सोही आधारमा एक पटकमा तीन करोड रूपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेश गर्नुपर्नेछ।

इच्छुकहरूले विभागको वेबसाइटमार्फत मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२) को अनुसूची–८ मा उल्लिखित कागजातहरू स्क्यान गरी निर्धारित ढाँचामा आवेदन दिनुपर्ने व्यवस्था छ।

Advertisement

विभागले यो नियम घरजग्गा कारोबारमा पारदर्शिता कायम गर्न र प्रभावकारी नियमन गर्नका लागि लागू गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री