शुक्रबार, १४ वैशाख २०८१

जापानमा २५ वर्षयताकै शक्तिशाली आँधी,७ जनाको मृत्यु (भिडियोसहित)

समयपोष्ट २०७५ भदौ २० गते ५:३८

जापानमा मंगलबार साँझ २५ वर्षयताकै शक्तिशाली आँधी आएको छ । आँधीमा परी पश्चिम जापानमा कम्तिमा ७ जनाको ज्यान गएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् । जापानको मौसम विभागका अधिकारी अकिहिरो किकुचीले यो आँधी सन् १९९३ पछिको सबैभन्दा ठूलो भएको बताए ।

Advertisement

टाइफुन जेबी नाम दिइएको आँधीले कान्साई अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने मुख्य पुल भत्काइदिएपछि विमानस्थल अवरूद्ध भएको छ ।

फुकुई, क्योटो, ओसाका, ह्योगोलगायत ठाउँका झन्डै १६ लाख घरमा बिजुली बत्ती अवरूद्ध भएको छ ।

आँधीपछि भएको भारी वर्षाले ठाउँठाउँमा पहिरो गएको छ । होंसु आइल्यान्डका ९ वटा सहरमा घर छोड्न आपतकालीन अर्डर जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री