मंगलबार, २८ असोज २०८२

पाँच पटक प्रधानमन्त्री भएँ, तर समग्रमा एक कार्यकाल पनि पूरा गर्न पाएको छैन : देउवा (पूर्णपाठसहित)

समयपोष्ट २०८२ असोज २८ गते १५:१५

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पाँच पटक प्रधानमन्त्री भए पनि समग्रमा एक कार्यकाल पनि पूरा नगरेको बताएका छन्।

मंगलबार सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले धेरैले आफूलाई पटक–पटक प्रधानमन्त्री भएको आरोप लगाए पनि वास्तविकता फरक रहेको जिकिर गरे।

“पाँच पटक प्रधानमन्त्री भएँ, तर समग्रमा एक कार्यकाल पनि पूरा गर्न पाएको छैन,” देउवाले भने।

सोही बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेको जानकारी दिए। “मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,” उनले भने।

Advertisement

देउवाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिएको समयमै हुने स्पष्ट पारे। उनले पार्टीको आन्तरिक एकता र संगठनलाई थप सुदृढ बनाउन महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

सानेपामा देउवाको सम्बोधनको पूर्णपाठ

Open Book

प्रतिक्रिया

सम्बन्धित सामाग्री