शनिबार, ८ वैशाख २०८१

गोप्य मन्दिर बनाउन विदेशी गुहारिँदै

समयपोष्ट २०७५ भदौ १६ गते १:१८

हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ आगम्छे । शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्दै छ ।

Advertisement

तान्त्रिक दीक्षा पाएका बाहेक कोही छिर्न नहुने मान्यता रहेका मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले जापानलाई दिने तयारी गरिरहेको छ ।

जापानको सर्त पूरा भयो भने अबको केही दिनमा जापानीहरु मन्दिरभित्र प्रवेश गर्नेछन् ।

आगम्छे जीर्णोद्धार गर्न जापानले अनुदान समेत दिइसकेको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

जापानले २ मन्दिरका लागि ३३ करोड रुपैयाँ अनुदान दिएको छ । आगम्छेका लागि १३ करोड र पाटनको देगु तलेजुका लागि २० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री