मंगलबार, ४ कार्तिक २०८२

नेपाल एसबीआई बैंकले पायो तीन प्रतिष्ठित पुरस्कार

समयपोष्ट २०८२ भदौ १७ गते १०:३१

Advertisement

नेपाल एसबीआई बैंक लिमिटेडले इण्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ मा तीनवटा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ।

बैंकले जोखिम व्यवस्थापन, समग्र बैंकिङ प्रदर्शन र सम्पत्तिको गुणस्तरमा उत्कृष्टताका लागि क्रमशः Best Performance on Risk Management, Best Bank, र Best Performance on Assets Quality विधामा सम्मानित भएको हो।

उक्त अवार्ड समारोहमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले यी पुरस्कारहरू ग्रहण गर्नुभयो। यी सम्मानहरूले नेपाल एसबीआई बैंकको जोखिम व्यवस्थापनमा उत्कृष्ट अभ्यास, सञ्चालन दक्षता र सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई उजागर गरेको छ।

नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि निरन्तर रूपमा उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

Advertisement

यी पुरस्कारहरूले नेपाल एसबीआई बैंकको वित्तीय क्षेत्रमा उत्कृष्टता र नवप्रवर्तनप्रतिको समर्पणलाई थप पुष्टि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री