एनआइसी एशिया बैंकले घोषणा गर्यो लाभांश
एनआइसी एशिया बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कर प्रयोजनको लागि १.५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ बराबरको नगद वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले कुल ३ अर्ब ७० करोड ६५ लाख ६८ हजार ३६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रिया