शुक्रबार, ७ वैशाख २०८१

महिन्द्राले ईभी अटो शोमा ट्रियो झोर प्रदर्शन गर्ने

समयपोष्ट २०७९ असोज ५ गते १९:०६

Advertisement

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले नाडा ईभी अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रियो झोर प्रदर्शन गर्ने भएको छ । हालै मात्र नेपाली बजारमा ल्याएको ट्रियो झोर ईभी अटो शो विशेष प्रोडक्ट बन्ने कम्पनीको भनाइ छ ।

ट्रियो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप रहेको कम्पनीको दाबी छ । जुन कार्गो सेग्मेन्टका लागि ईभी विशेष नै रहेको कम्पनीले बताएको छ ।

ट्रियो झोर उत्कृष्ट ३ भेरियन्टमा उपलब्ध छ । अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटहरूका साथ ट्रियो झोर कार्गो खण्डमा गेम चेन्जर हुने खालले तयार भएको कम्पनीको भनाइ छ ।

ट्रियो झोरको साथमा कम्पनीले महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा र ट्रियो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रियो पिकअप प्रदर्शन गर्ने तयारी गरेको छ ।

नेपालको ठुला चाडपर्वहरू विश्वकर्मा पूजा, दशैं, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारी साधनहरुमा स्क्र्याच कार्ड मार्फत आकर्षक नगद पुरस्कारहरू र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रियो अटो र पिकअप खरिद गर्नेका लागि असोज १ गतेदेखि कात्र्तिक १५ गतेसम्म लागू कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री