सि.जि. मोटोर्सको फेस्टिभ अफर : मात्र रु.७.६ लाख डाउन पेमेन्टमा निटा भी
निटा भीका लागि नेपालको आधिकारिक बिक्रेता सि. जि. मोटोर्सले दशैं र तिहारको लागि आकर्षक योजना ल्याएको छ ।
योजना अन्तर्गत निटा भी खरिदमा सम्पूर्ण ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको आकर्षक स्किम जसमा ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसैगरी तीन भाग्यशाली विजेताले लक्की ड्र मार्फत ७५ इन्चको टीभी, मेघौली सेराइमा होलिड टुर र ५५० लिटरको रेफ्रिजिरेटर उपहार प्राप्त गर्न सक्नेछन् ।
चिनियाँ उत्कृष्ट इभी निर्माता होजोन मोटर्सले उत्पादन गर्ने यो विद्युतीय गाडीलाई ग्राहकले ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्ट गरी वाँकी रकमलाई सरल किस्तावन्दिमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
यो गाडीको मूल्य नेपाली बजारमा ३७.९९ लाख रुपैयाँ तय गरिएको छ । यो अफर कार्तिक १५ गते सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया