हिरोको ‘आहा दशै चाडपर्वको उमङ्ग, हिरो चढी दंङ्ग’ योजना सार्वजनिक
समयपोष्ट
२०७९ भदौ २२ गते ९:००
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एनजीएम हिरोले ‘आहा दशै चाडपर्वको उमङ्ग, हिरो चढी दंङ्ग’ योजना सार्वजनिक गरेको छ ।
उक्त योजनामा नगद छुट, स्क्रयाच कार्ड, लक्की ड्र तथा फाइनान्स सुविधा रहेको छ ।
कम्पनीका अनुसार उक्त योजनामा ग्राहकले मोटरसाइकल खरिद गर्दा स्योरसट ७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् । ग्राहकले स्क्रयाचमार्फत नगद १ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् भने लक्की ड्रमार्फत १ लाख जित्न सक्नेछन् ।
योजना अन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा हिरोका मोटरसाइकल तथा स्कुटरहरु खरिद गर्न सक्नेछन् । यो योजना नेपाल भर रहेको हिरोका आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
एनजीएम हिरोले ७ भेरियन्टका स्कुटर तथा १५ भेरियन्टमा मोटरसाइकल विक्री गर्दै आएको छ ।
प्रतिक्रिया