आइतबार, २२ असार २०८२

निधारबाटै थाहा पाउनुहोस् मानिसको स्वभाव

समयपोष्ट २०७८ असोज ८ गते १२:१४

Advertisement

समुद्रशास्त्रमा हरेक व्यक्तिको निधारमा उसको जीवनसँग जोडिएको कुरा उल्लेख छ ।

समुद्रशास्त्र भगवान् शिवका छोरा कार्तिकेयले लेख्नुभएको हो । यस शास्त्रका अनुसार निधारका रेखा र बनावट हेरेर को ज्ञानी हुन्छ, को धनी हुन्छ र कसलाई आर्थिक समस्या पर्छ सबै थाहा हुन्छ।

निधार ठूलो हुने मान्छे बुद्धिमान् हुन्छन् । यस्ता व्यक्तिलाई धेरै विषयको जानकारी हुन्छ।

अगाडिपट्टि चुच्चो परेको निधार भएको व्यक्ति लोभी हुन्छ। भनाइको मतलब यस्तो व्यक्तिलाई धन बटुल्न खुबै मन लाग्छ। अर्काको धनसम्पत्ति देखेर यस्ता व्यक्तिले खुब डाहा गर्छन्।

Advertisement

चम्किलो र चिल्लो निधार भएको व्यक्ति प्रतिभाशाली र गुणवान हुन्छ। यस्ता व्यक्तिले आफ्नो प्रतिभा र ज्ञानबाटै धनसम्पत्ति कमाउँछन्।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री