शुक्रबार, १४ वैशाख २०८१

सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्ग बीच सम्झौता

समयपोष्ट २०७८ भदौ २९ गते १९:४३

Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड बिच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

पुतलीसडक स्थित सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यालयमा एक कार्यक्रमका बिच सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्र्र्र्य र बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

यससंगै अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने छ । साथै निकट भविष्यमै बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९६ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री