आइतबार, ३ असोज २०७८

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा डिजिटल बैंकिंगको महत्व विषयक कार्यक्रम सम्पन्न

समयपोष्ट २०७८ भदौ २९ गते ११:३७

Advertisement

सांग्रिला डेभलपमेन्ट बैकको डिजिटल बैंकिंगको महत्व विषयक कार्यक्रम सम्पन्न भएको छ ।

बैंकको मलेखु शाखाले प्रधान कार्यालय बालुवाटार काठमाण्डौको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङ्गमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विशीष्ट अतिथीमा प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारी अतिथीहरुमा प्रहरी निरिक्षक रमेश थापा लगाएतको उपस्तिथीमा सामाजिक दुरी कायम गर्दै कार्यक्रम सम्पन्न भयो ।

Advertisement

कार्यक्रममा स्वागत मन्तब्य शाखा मलेखुकै कर्मचारी सिमान्त ढुङ्गानाले गर्नुभएको थियो भने शाखा कार्यलय गल्छी धादिङ्गका शाखा प्रमुख कमलराज शर्माले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैक लि.मलेखु शाखाका प्रमुख गौरब काफ्लले उक्त विषयमा बोल्दै पहिले पहिले जस्तो लामो समयसम्म लाइन बस्नु नपर्ने एटिएम मोबाइल बैकीङ्गको प्रयोगबाट धेरै समयको बचत,पारदर्शी कारोबार र न्युन जोखिम रहने कुरा बताउनु भयो । साथै काफ्लेले कोरोना महामारी (कोभिड-१९) रोकथाम एबम नियन्त्रणका लागि लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डिजीटल बैकीङ्ग कारोबार गर्नेका संख्यामा बृद्दि भएको छ तर अझै प्रविधीको ज्ञानको अभावले प्रभावकारिता आउन भने नसकेको बताउनु भयो ।

बैंक खाता खोल्न,खातामा पैसा पठाउन,ऋण आवेदन दिन,विभीन्न महशुल भुक्तानी गनर्, रिर्चाज गर्न लगाएतका बैकीङ् सेवाहरु अहिले घरमै बसेर गर्न सकिने बताउनु भयो । हाल नेपाल राष्ट्र बैकको निती अनुसार क्यासलेस कारोबारमा एकै चोटी फड्कोे मार्न नसके पनि लेस क्यास अर्थात कम नगद प्रयोग तर्फ आफ्ना ग्राहकलाई आकर्षण गरि विधुतीय भुक्तानी कारोबारलाई सांग्रिला डेभलपमेन्ट बैंक लि.ले गहन रुपमा लिएको कुरामा समेत दुइमत नभएको बताउनु भयो ।

कार्यक्रममा प्रहरी उपरिक्षक महेन्द्र खड्काले डिजीटल बैंकिंगको महत्व बढिरहेको बर्तमान समयमा यस कार्यक्रमले थप महत्वपुर्ण भुमिका खेलेको कुरा बताउदै नगदरहित कारोबारका लागि सबैलाई आग्रह समेत गर्नु भयो ।

उहाले सांग्रिला डेभलपमेन्ट बैंक लि. ले नाफा मात्रै नहेरी धेरै सामाजिक उत्तरदायित्वको काम गरेर सबैको मनमा बस्न सफल भएकोमा बधाई दिनु भयो । खड्काले आफ्नो मातहतका कर्मचारीहरुलाई स्र्माट मोबाइल बैकीङ्ग,इन्टरनेट बैकीङ्ग, ए.टि.एम.,फोन पे, डेबिट कार्ड,क्रेडिट कार्ड,रेमिटान्स,अन्तर बैक विधुतीय भुक्तानी प्रणालीको महत्व तथा सुबिधा साथै समग्रमा डिजीटल बैकीङ्गको महत्वका बारेमा जानकारी दिइएकोमा मलेखु शाखाका शाखा प्रमुख गौरब काफ्ले लाई सगसगै बैकलाइ विशेष धन्यवाद दिनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी अधिकृतहरु तथा प्रहरी जवानहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री