मंगलबार, ४ वैशाख २०८१

‘टेक्नो ट्रिप टु टोकियो’का थप तीन जना साप्ताहिक बिजेताको नाम घोषणा

समयपोष्ट २०७३ असोज १२ गते ६:०१

 

Advertisement

काठमाडौ– यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’का थप तीन जना साप्ताहिक बिजेताको नाम घोषणा गरेको छ । 

यस साताका चौथो बिजेता बिर्तामोडका अरुण फुयाल घोषित भएका हुन्  । उनले बिर्तामोडस्थित सयपत्री ट्रेडलिंकबाट सुपरमोडल स्कुटर फेसिनो खरिद गरेका थिए । 

त्यस्तै यामाहाको पहिलो बिजेता ललितपुरका पुकार शर्मा हुन् भने दोस्रो भक्तपुरका रवि भोमी र तेस्रो पर्साका आशिष भुजेल साताका बिजेता घोषित भए ।

 पुकार शर्माले रिसिक अटोमोबाइल्सबाट एफजेड–एस एफआई खरिद गरेका थिए भने भोमीले द ह्विल्सबाट फेसिनो र भुजेलले पर्साबाट रे जी खरिद गरेका थिए।

‘टेक्नो ट्रिप टु टोकियो’का साप्ताहिक विजेताले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने मौका पाउनेछन्।

एमएडब्लुले दशैंको अवसर पारेर ग्राहकहरुका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ अफर ल्याएको हो । यस अन्तर्गत यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ छुट पाउनुका साथै हरेक साता एक जना भाग्यशालीले जापान भ्रमण गर्ने अवसर प्राप्त गर्ने जनाइएको छ ।

यामाहाको दशैं योजनाबाट ग्राहक उत्साहित भएको र योजना तिहारसम्म जारी रहने कम्पनीले जनाएको छ  । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री