बिहीबार, १३ वैशाख २०८१

संसदमा बहस चलिरहंदा प्रेमिकाको टप्स खोलेर स्तन चुमेपछि.. (भिडियोसहित)

समयपोष्ट २०७७ असोज ११ गते १३:३१

Advertisement

कोरोना  महामारीका कारण  विभिन्न कार्यक्रमहरु भर्चुअल प्रविधिबाटै आयोजना गर्ने क्रम बढ्दो छ ।  यसैबीच  अर्जेन्टिनामा एउटा घटना भएको छ । जसले गर्दा सांसदले आफ्नो पदबाटै राजिनामा दिनुपरेको छ ।

अर्जेन्टिनका एक सांसद जुआन एमिलियो अनलाइनमा गरिएको संसदको बहसमा सहभागी भैरहेका थिए । त्यसबेला उनलाई आफ्नी प्रेमिकाको स्तनको टुप्पोमा चुम्बन गरेको देखियो । यो घटनालाई आम नागरिकले सरकारको युट्युब च्यानलमा प्रशारण भैरहेको देखे ।

यो भर्चुअल बहसको प्रत्यक्ष प्रशारण संसदमा रहेको टेलिभिजन स्क्रिनमा पनि भैरहेको थियो । यो घटनापछि सांसद जुआनले माफी माग्दै आफ्नो सफाई दिएका थिए । तर संसदमा हंगामा सुरु भएपछि उनले राजीनामा दिनुपर्यो ।

जुआनले आफ्नो सफाइका क्रममा इन्टरनेटको जडानमा खराबीका कारण यस्तो घटना भएको बताएका छन । जुआनले भने, “उनको हालै मात्र स्तनको अप्रेसन भएको थियो । उनी कोठा भित्र पस्ने बेला संसदको मिटिङ सकिएर क्यामेरा बन्द भए जस्तो मलाई लागेको थियो । त्यसपछि मैले अप्रेशन गरिएको ठाउँ हेरेको हुँ ।”

अर्जेन्टिनी कंग्रेसको तल्लो सदनले यस खाले गैर जिम्मेवारपूर्ण घटनालाई स्विकार्न नसकिने भन्दै जुआन एमिलियोलाई पदबाट हटाइएको जनाएको छ ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । संसदीय बहस चलिरहेका बेला सांसद जुआन एमिलियोकी प्रेमिका उनको काखमा बसेको भिडियोमा देख्न सकिन्छ ।

https://www.dailymail.co.uk/news/article-8771979/Argentinian-MP-resigns-kissing-mistresss-breasts-online-parliamentary-session.html?ico=embedded

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री