बिहीबार, १३ वैशाख २०८१

भारतसंगको सहमतिले ब्यापार घाटा कम गरी निर्यात बढाउँछ : प्रधानमन्त्री 

समयपोष्ट २०७३ असोज २ गते १२:१५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसंग व्यापार घाटा कम गर्ने तथा निर्यात बढाउने विषयमा सहमति भएको बताएका छन् । 
चार दिने औपचाचार भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले  हुलाकी राजमार्गको काम तत्काल अघि बढाउने, कास्कीमा पोलिटेक्किल स्थापना गर्ने , हेटौडामा विद्युत सवस्टेसन बनाउने , विभिन्न समयमा भएका उर्जा सम्झौतालाई अघि बढाउने , पन्चेश्वर जलविद्युत आयोजनाको डपीआर अघि बढाउने लगायतका विषयमा पनि भारत सहमत भएको जानकारी दिए ।
प्रधानमन्त्रीका अनुसार  अहिले भएका सम्झौताहरुलाई सन् २०१६ मा हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकबाट कार्यान्वयमा लगिने सहमति भएको छ । 

Advertisement

प्रचण्डले आफू र भारतीय प्रधानमन्त्री मोदीले जारी गरेको २५ बुँदे वक्तव्यले चीनसँगको सम्वन्धमा असर नगर्ने बताए ।सहमति भएका विषयहरुमा अन्तराष्ट्रिय मञ्चहरुमा एउटै मत बनाएर जाने सहमति भएको भन्दै उनले यो कुनै नयाँ कुरा नभएको बताए । संयुक्त राष्ट्रसघको स्थायी सदस्यका लागि भारतलाई नेपालले २००४ देखि समर्थन गर्दै आएको उनले बताए । ‘भारतसँगको सम्वन्धको आफ्नै आयाम छन् र चीनसँगको सम्वन्धका आफ्ना आयामहरु छन् । त्यही आयामहरुको परिचालनले हाम्रो छिमेकीसँगको सन्तिुलित नीतिमा कुनै पनि असर पर्दैन ’उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री