शुक्रबार, १६ चैत २०८०

यसरी बेचिन्थ्यो प्रयोगमा आइसकेका कण्डम

समयपोष्ट २०७७ असोज ९ गते १४:२१

Advertisement

प्रहरीले प्रयोगमा आइसकेका कण्डम बटुलेर बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

बीबीसीका अनुसार दक्षिण पूर्वी एशियाली देश भियतनाममा प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डमसहित दुई जनालाई पक्राउ गरेको हो ।

यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी प्रानत बिन्ह दुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो । यी ब्यागहरुको वजन ३ सय ६० किलो छ ।

यस गोदामका मालिकका अनुसार उनले अज्ञात व्यक्तिबाट हरेक महिना प्रयोग भइसकेका कन्डमको ब्याग लिने गरेका थिए ।

प्रहरी छापाका दौरान पक्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों ।

त्यसपछि यस कण्डमलाई काठको लिङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यों । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों । महिलाका अनुसार उनले जति किलो कण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों ।

स्थानीयका अनुसार होटल र पसलहरुमा यी कण्डमको बिक्री हुने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री