बिहीबार, १५ चैत २०८०

यामाहा ‘रे जेडआर १२५ एफआई’ सार्वजनिक

समयपोष्ट २०७७ असोज ८ गते १४:०९

Advertisement

यामाहा नेपालले नयाँ ‘रे जेडआर १२५ एफआई’लाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ ।

नेपाली अटोमोबाइल जगतमा पहिलो पटक यस्तो अत्याधुनिक प्रविधिमा आधारित रहेर प्रडक्ट लन्च भएको हो जसले नेपाली दर्शकबाट प्रशंसा बटुलेको छ ।

नयाँ रे जेडआर १२५ एफआईको लन्च यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भएको थियो जसलाई एक लाखभन्दा बढीले हेरेका थिए । यो ग्रान्ड लन्चमा दर्शकलाई नयाँ स्कुटरको स्टाइल र फिचरको जानकारी थ्रि डि एक्सपिरियन्समार्फत दिइएको थियो ।

कार्यक्रममा रे जेडआर १२५ एफआई सार्वजनिक गर्नुका साथै यसलाई प्रत्यक्ष रुपमा हेर्ने एक जना भाग्यशाली विजेताको नाम समेत घोषणा गरिएको थियो । करिब ५० हजार जनाले लाइभ गर्न यामाहा नेपालको वेबसाइटमा आफ्नो नाम दर्ता गराएका थिए ।

एमएडब्लु यामाहा टु–ह्वीलर डिभिजनका सीईओ चिरञ्जिवी शाहले भने, ‘अडियन्स एक्सपिरियन्सलाई नयाँ उचाइमा पु¥याउन सफल भएकोमा हामी निकै खुसी छौं । हामीलाई विश्वास छ, हामीले प्रडक्ट लन्चको एउटा उदाहरणीय नमुना प्रस्तुत गरेका छौं । यामाहा नेपाल सदा आफ्ना ग्राहकलाई भावी प्रविधिको अनुभव गराउने प्रयासरत छ । रे जेडआर १२५ एफआईको लन्च पनि त्यसैमध्येको एउटा प्रयास हो । यो भच्र्युअल लन्चबाट हामीले ग्राहकलाई घरमै बसेर सुरक्षित रुपमा नयाँ उत्पादनको बारे जानकारी दियौं र यामाहाको डीएनए– रोमाञ्चकता (एक्साइटमेन्ट)लाई कायम राख्न सफल भयौं ।’

उनले नयाँ रे जेडआर १२५ एफआईमा मेजर रिफाइनमेन्टहरु गरिएको सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर भएको बताए । जसले मात्र ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गति लिन सक्ने जनाकारी पनि शाहले दिए । साथै यसको माइलेज पनि सबैभन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको छ । अन्य फिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको कम्पनीको दावी छ ।

यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाइएको छ । साथै, अंग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनक फिचर रहेका छन् । यसको वजन ९९ केजी मात्र रहेको छ जसले यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुकको स्कुटर बनाएको छ ।

यामाहा नेपालमा बीएस६ मोडेलको उत्पादन भित्र्याउने एउटै मात्र दुई पांग्रे ब्रान्ड हो । यदि कसैले बेस्ट इन क्लास फिचर र पछिल्लो उत्सर्जन मापदण्डमा आधारिक सबैभन्दा राम्रो स्कुटर किन्न चाहनुह हुन्छ भने, नयाँ यामाहा रे जेडआर १२५ एफआई सबैभन्दा उत्तम विकल्प हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री