बिहीबार, २७ वैशाख २०८१

जैसवालको मृत्यु बारे बोल्यो बीर अस्पताल

समयपोष्ट २०७७ असोज ७ गते १३:२३

Advertisement

केन्द्रीय कारागारका कैदी बन्दी रामलखन जैसवालको मृत्यु बारे बीर अस्पतालले मुख खोलेको छ ।

अस्पलाले आज एक बिज्ञप्ती जारी गर्दै जैसवालको मृत्यु बारे अफवाह फैलाएको भन्दै आपत्ति जनाएको छ ।

अस्पतालका निर्देशक डा. केदार प्रसाद सुवेदीले एक विज्ञप्ति जारी गर्दै असोज ३ गते राती १०ः ५५ बजे जैसवाललाई प्रहरीले मृत्यु भइसकेको अवस्थामा अस्पतालमा ल्याएको बताएका छन् ।

‘केन्द्रीय कारागारबाट ल्याएका कैदीलाई यस अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि ल्याइएकोमा ड्युटीमा खटिएका चिकित्सकबाट परीक्षण गर्दा निजमा जिवित रहेको कुनै पनि चिन्ह नदेखिएकोले मृत घोषित गरिएको हो’, उनले भनेका छन् ।

Advertisement

अस्पतालले मृत्युपछि उनको स्वाव संकलन गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको बताएको छ । उनले आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको भन्ने आरोपको खण्डन गरेका छन् ।

‘विगत तीन दिनदेखि मृतकको शव शवगृहमा रहेकोले शवमा सड्ने गल्ने प्रक्रिया शुरु भइसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुखबाट तरल पदार्थ निस्किएको अवस्था हो । यो शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा हुने सामान्य प्रक्रिया हो’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री