शुक्रबार, १६ चैत २०८०

हेर्नुहोस् दीपिकाको भाइरल ड्रग्स च्याट

समयपोष्ट २०७७ असोज ६ गते १६:०४

Advertisement

बलिउड नायिका दीपिका पादुकोण र उनकी म्यानेजर करिश्मा प्रकाशबीच भएको ड्रग्स च्याट सार्वजनिक भएको छ ।

यससंगै नारकोटिक्स कन्ट्रोल ब्यूरोले मंगलबार करिश्मालाई सोधपुछका लागि बोलाएको छ । स्रोतका अनुसार दीपिकासँग यसै हप्ता सोधपुछ हुने सम्भावना छ ।

श्रोतका अनुसार यो केसमा आफ्नो नाम मुछिएपछि दीपिका कानूनी परामर्श गर्ने तयारीमा रहेकी छिन् । सुशान्त मृत्यु प्रकरणमा अहिले एनसीबी टोलीले कहाँ कहाँ ड्रक्स कनेक्सन थियो भनेर गहिरो अनुसन्धान गरिरहेको छ ।

च्याटमा यस्तो भएको थियो कुराकानी

एनसीबीले ह्वाट्सएप च्याटमा दीपिकाले ड्रग्सको बारेमा च्याट गरेको कुरा भेट्टाएको हो । दीपिकाले करिश्मालाई सोधेकी छ्न, के तिमीसँग माल छ ? यसमा करिश्माले छ, तर घरमा, म अहिले बान्द्रामा छु भनेकी छन् ।

यसमा करिश्मा कोहि अमितको नाम लिएर भन्छिन्, ‘म अमितको माध्यमबाट तिमीलाई पठाउन सक्छु, त्यसमा दीपिका भन्छिन्, एस प्लीज, केहि समय पछि करिश्मा भन्छिन्, अमित लिएर जाँदैछ, त्यसपछि दीपिका भन्छिन्, ह्याश छ नि ? तर करिश्मा भन्छिन्, ह्याश होइन गाँजा हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री