हेर्नुहोस् दीपिकाको भाइरल ड्रग्स च्याट

बलिउड नायिका दीपिका पादुकोण र उनकी म्यानेजर करिश्मा प्रकाशबीच भएको ड्रग्स च्याट सार्वजनिक भएको छ ।

Advertisement

यससंगै नारकोटिक्स कन्ट्रोल ब्यूरोले मंगलबार करिश्मालाई सोधपुछका लागि बोलाएको छ । स्रोतका अनुसार दीपिकासँग यसै हप्ता सोधपुछ हुने सम्भावना छ ।

श्रोतका अनुसार यो केसमा आफ्नो नाम मुछिएपछि दीपिका कानूनी परामर्श गर्ने तयारीमा रहेकी छिन् । सुशान्त मृत्यु प्रकरणमा अहिले एनसीबी टोलीले कहाँ कहाँ ड्रक्स कनेक्सन थियो भनेर गहिरो अनुसन्धान गरिरहेको छ ।

च्याटमा यस्तो भएको थियो कुराकानी

एनसीबीले ह्वाट्सएप च्याटमा दीपिकाले ड्रग्सको बारेमा च्याट गरेको कुरा भेट्टाएको हो । दीपिकाले करिश्मालाई सोधेकी छ्न, के तिमीसँग माल छ ? यसमा करिश्माले छ, तर घरमा, म अहिले बान्द्रामा छु भनेकी छन् ।

Advertisement

यसमा करिश्मा कोहि अमितको नाम लिएर भन्छिन्, ‘म अमितको माध्यमबाट तिमीलाई पठाउन सक्छु, त्यसमा दीपिका भन्छिन्, एस प्लीज, केहि समय पछि करिश्मा भन्छिन्, अमित लिएर जाँदैछ, त्यसपछि दीपिका भन्छिन्, ह्याश छ नि ? तर करिश्मा भन्छिन्, ह्याश होइन गाँजा हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री