शनिबार, ८ वैशाख २०८१

हुण्डाईको ‘नयाँ क्रेटा -दि अल्टिमेट एस.यू.भि’ नेपाली बजारमा, यस्ता छन् विशेषता

समयपोष्ट २०७७ असोज ५ गते १६:२५

Advertisement

नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले निकै प्रतिक्षारत हुण्डाईको “नयाँ क्रेटा-दि अल्टिमेट एस.यू.भि” नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सो कार्यक्रम लक्ष्मी हुण्डाईको विभिन्न आधिकारिक डिजीटल प्लेट्फोर्म फेसबुक, इन्स्टाग्राम ,यूट्यूब पेजबाट भर्चुअल वेभकास्ट गरी “क्रेटा- दि अल्टिमेट एस.यू.भि” नेपालमा सार्वजनिक गरिएको हो ।

नयाँ क्रेटाको बारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिका महा–प्रबन्धक रूपेश शर्मा भट्टले भने, “वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजार भन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको छ । अब क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँ क्रेटा-दि अल्टिमेट एसयूभिले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं ।”

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एस.यू.भिलाई चिरपरिचित नाम बनाएको छ । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एस.यू.भि भइ “दि अल्टिमेट एस.यू.भि” बन्न सफल भएको छ । आफ्नो यस ट्रेण्डलाई निरन्त्तरता दिन र नयाँ स्तर कायम गर्न एस.यू.भि सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको हो ।

हुण्डाईको विश्वव्यापी डिजाइनको परिभाषा ‘Sensuous Sportiness’ सँगै, एस.यू.भिको अगाडीको भागमा तीन dimensional Cascading Grille मा ठाडो र तेर्सो आकार र sculpted bumper को साथमा skid plates लगाइएको छ । skid plates सहितको उत्कृष्ट डिजाइन गरिएको crafted crease lines र bonnet न्यु क्रेटाको नयाँ पहिचान बनेको छ । विशिष्ट रुपमा छुट्टिएको boomerang आकारको LED DRLs सहितको एलईडी हेड ल्याम्प र स्मार्ट रुपमा जोडिएको फग ल्याम्पका साथै Welcome Function सँगै Auto Unfold ORVM र Puddle Lamps ले एस.यू.भि लाई आकर्षक र फ्युचरिस्टिक लुक दिएको छ । नयाँ क्रेटामा अल(न्यू(टु टोन कालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा २६.०३ से.मि को एचडी इन्फोटैन्टमेन्ट सिस्टम, लेडरले र्याप गरिएको स्तेरिङ्गको साथै माउन्टेड कन्ट्रोल, 17.78cm digital instrument cluster, Auto Healthy Air Purifier / Smoothing Blue Ambient Lighting रहेको छ । यस्का साथै सुरक्षाका लागि नयाँ क्रेटामा strong body structure सँगै AHSS का साथै अन्य विभिन्न सुरक्षात्मक विशेषताहरु जस्तै Front Dual Airbags, Driver Rear View Monitor, Hill Start Assist Control (HAC), Vehicle Stability Management (VSM), Electronic Stability Control (ESC / Rear Parking Sensors ;+u Camera पनि रहेको छ ।

नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ जस्तै १.५ लिटर पेट्रोल र १.५ लिटर भि।जि।टी डिजेल इन्जिन । ट्रान्समिसनको अप्सनमा 6-speed रहेको छ जुन सबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ, साथै अप्स्नल १.५ लिटर डिजेल इन्जिनका लागि torque convertor र १.५ पेट्रोल मोटरको लागि iVT automatic रहेको छ । नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध रहेको छ र यस्को मुल्यहरु :

१ Creta 1.5 EX Petrol ४८,९६,000/-
२ Creta 1.5 S Petrol ५२,९६,000/-
३ Creta 1.5 SX Petrol ५९,९६,000/-
४ Creta 1.5 SX CVT Petrol ६५,९६,000/-
५ Creta 1.5 E Diesel ४३,९६,000/-
६ Creta 1.5 S Diesel ५४,९६,000/-

प्रतिक्रिया

सम्बन्धित सामाग्री