शुक्रबार, १६ चैत २०८०

चाडपर्वको अवसरमा बजाजको ‘रोजेरै खुसी’ योजना सार्वजनिक

समयपोष्ट २०७७ असोज ४ गते २१:४७

Advertisement

दशैं र तिहारको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा बजाजले दशैं र तिहार चाडपर्वको शुभ अवसरमा ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ ।

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको हो ।

रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर रु. १०,००० को नगद छुट पाउँन, अथवा ५०प्रतिशत डाउन पेमेन्टमा ०प्रतिशत ब्याज वा २०प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ्गको सुविधामध्ये कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध छ ।

यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पनीबाट निकै खुसी हुनेछन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री